सुनचाँदीको मूल्य घट्यो
काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ।
मंगलबारको तुलनामा आज सुन तोलामा एक हजार दुई सय र चाँदी १० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार एक तोला सुनको मूल्य दुई लाख ९७ हजार तीन सय कायम भएको छ।
मङ्गलबार सुन तोलामा दुई लाख ९८ हजार पाँच सयमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य १० रुपैयाँलै घटेर तोलामा चार हजार नौ सय ८० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी तोलामा चार हजार नौ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार तीन सय ४९ र चाँदी ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
असार ३, २०८३ बुधबार ११:१३:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।