सेवा र आइएमएसले ल्याए ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’

सेवा र आइएमएसले ल्याए ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’

काठमाडौं : डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा र आइएमएसले व्यवसायीहरूलाई लक्षित गर्दै ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ सञ्चालनमा ल्याएका छन्। 

व्यवसायीहरूले आफ्नै भुक्तानी प्रणालीबाट सिधै विक्रेता, व्यावसायिक साझेदार तथा लाभग्राहीहरूलाई रकम पठाउन सकून् भन्ने उद्देश्यले आइएमएसको इन्टरप्राइज क्षमता र इसेवाको डिजिटल भुक्तानी पूर्वाधारलाई एकीकृत गरी उक्त सेवा सुरु गरिएको हो।

इसेवा र आइएमएसको यस साझेदारीबाट व्यवसायीहरूले छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी व्यवस्थापन गर्न सक्ने बताइएको छ। नयाँ प्रणालीले चेकमा आधारित कारोबारको निर्भरता कम गर्ने र म्यानुअल भुक्तानी प्रक्रियामा लाग्ने समय बचत गर्ने अपेक्षा गरिएको छ।

‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’मार्फत व्यवसायीहरूले आफ्नो वित्तीय कार्यप्रवाहमा पारदर्शिता र पूर्ण नियन्त्रण कायम राख्न सक्नेछन्। 

असार २, २०८३ मंगलबार २१:२४:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।