६ अंकले घट्यो सेयर बजार
काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ६.३१ अंकले घटेको छ। नेप्से ०.२३ प्रतिशतले घटेर २७०५ विन्दुमा पुगेको छ।
कारोबार रकम घटेको छ। आज चार अर्ब चार करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भयो। अघिल्लो दिन ४ अर्ब ४१ करोडको कारोबार भएको थियो।
८० वटा कम्पनीको मूल्य बढ्दा १७७ को घट्यो भने १५ वटा कम्पनीको स्थिर रह्यो ।
आज म्युचुअल फण्ड र व्यापारबाहेक सबै समूहका उपसूचक घटेका छन्। म्युचुअल फण्ड ०.०५ र व्यापार ०.३१ प्रतिशत बढे।
बैंकिङ ०.३२, विकास बैंक ०.४२, फाइनान्स ०.६२, होटेल तथा पर्यटन ०१६, हाइड्रोपावर ०.२८, लगानी ०.२७, जीवन बिमा ०.२०, उत्पादन तथा प्रशोधन ०.१४, माइक्रोफाइनान्स ०.११, निर्जीवन बिमा ०.४०७ र अन्य ०.०६ प्रतिशत घटे।
सोपान फर्मास्युटिकल्सको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत र एपोलो हाइड्रोपावरको सेयर मूल्य १४.९८ प्रतिशत बढ्यो।
आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत, सिद्धार्थ बैंक, रिलायन्स स्पिनिङ मिल्स, रावा इनर्जी र बुंगल हाइड्रो छन्।
असार २, २०८३ मंगलबार १५:२७:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।