सीजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा ल्यायो टीसीएलका नयाँ पार्टी स्पिकरहरू
काठमाडौं : इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नेपाली बजारमा आफ्ना दुई नयाँ पोर्टेबल पार्टी स्पिकरहरू ‘टीपी२००के’ र ‘टीपी३००के’ सार्वजनिक गरेको छ।
जारी विश्वकप फुटबलको अवसरलाई लक्षित गर्दै शक्तिशाली अडियो र आकर्षक लाइट शो सुविधायुक्त यी स्पिकरहरू नेपाली बजारमा ल्याइएका हुन्। नेपालमा टीसीएल ब्रान्डका उत्पादनहरू सीजी इलेक्ट्रोनिक्सले आधिकारिक रूपमा वितरण गर्दै आएको छ।
नयाँ मोडलहरूमध्ये टीसीएल टीपी२००के मा २२० वाटको अडियो पावर, १२ घण्टासम्मको ब्याट्री ब्याकअप र ५ वटा लाइट शो मोडहरू उपलब्ध छन्।
त्यसैगरी, ठूला जमघटका लागि उपयुक्त मानिएको टीसीएल टीपी३००के मा ३४० वाटको अडियो आउटपुट, १८ घण्टासम्मको ब्याट्री ब्याकअप र ८ वटा लाइट शो मोडहरू रहेका छन्।
दुवै स्पिकरहरूमा ब्लुटुथ ५.४, बास बुस्ट, वायरलेस पार्टी लिंक र आईपीएक्स४ वाटर रेसिस्टेन्स जस्ता आधुनिक प्रविधिहरू समावेश छन्।
साथै, यी स्पिकरहरूमा कराओके तथा संगीतका लागि माइक्रोफोन र गिटार सपोर्टको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
असार २, २०८३ मंगलबार १३:१२:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।