फिफा विश्वकप २०२६ : डिशहोममार्फत मोबाइल र टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेर्न सकिने, यस्ता छन् प्याकेज

फिफा विश्वकप २०२६ : डिशहोममार्फत मोबाइल र टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेर्न सकिने, यस्ता छन् प्याकेज

काठमाडौं : जारी फिफा विश्वकप २०२६ को नेपाली दर्शकहरूका लागि डिशहोमले मोबाइल तथा टेलिभिजन दुवै माध्यमबाट प्रत्यक्ष प्रसारणको व्यवस्था गरेको छ।

डिशहोमले आफ्नो इन्टरनेटमा आधारित डिजिटल स्ट्रिमिङ प्लेटफर्म ‘डिगो एप’ तथा डीटीएच र आईपी टिभी सेवामार्फत विभिन्न विश्वकप पासहरू उपलब्ध गराएको हो।

डिजिटल स्ट्रिमिङ प्लेटफर्म ‘डिगो एप’ मार्फत ग्राहकहरूले नेपालभित्र मोबाइल, ट्याब्लेट, ल्यापटप तथा एन्ड्रोइड टेलिभिजनमा खेलहरू प्रत्यक्ष हेर्न सक्नेछन्।

यस अन्तर्गत मोबाइल वा ट्याब्लेटमा मात्र खेल हेर्न चाहनेहरूका लागि ५ सय ४९ रुपैयाँको ‘मोबाइल पास’ उपलब्ध गराइएको छ, जसमार्फत एक पटकमा एउटा उपकरणमा मात्र प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ।

अझ बढी उपकरणमा पहुँच चाहने दर्शकका लागि ९ सय ९९ रुपैयाँको ‘सिजन पास’ उपलब्ध छ, जसमार्फत एकैसाथ मोबाइल, ट्याब्लेट, ल्यापटप वा एन्ड्रोइड टिभीमध्ये कुनै पनि दुईवटा उपकरणमा विश्वकप हेर्न सकिन्छ।

यसैगरी, परिवार तथा साथीभाइसँग बसेर ठूलो स्क्रिनमा फुल एचडी गुणस्तरमा विश्वकप हेर्न चाहने ग्राहकका लागि डिशहोमले ९ सय ९९ रुपैयाँमा ‘टेलिभिजन सिजन पास’ को व्यवस्था गरेको छ।

यो पासमार्फत डिशहोम डीटीएच एचडी सेट-टप बक्स तथा आईपी टिभी सेट-टप बक्समा खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ। यस सुविधाका लागि नियमित ग्राहक सदस्यता सक्रिय हुनु अनिवार्य रहने कम्पनीले जनाएको छ।

डिशहोमले डिगो सिजन पास र टेलिभिजन सिजन पास फरक-फरक सेवा भएको स्पष्ट पारेको छ। एन्ड्रोइड टेलिभिजन प्रयोगकर्ताहरूले डिगो एपमार्फत सिधै टेलिभिजनमै खेल हेर्न ९ सय ९९ रुपैयाँको डिगो सिजन पास प्रयोग गर्न सक्छन्।

तर, डिशहोम डीटीएच वा आईपी टिभी सेट-टप बक्समार्फत टिभीमा खेल हेर्न चाहने ग्राहकहरूले अनिवार्य रूपमा टेलिभिजन सिजन पास खरिद गर्नुपर्नेछ। घर बाहिर मोबाइलमा र घरभित्र सेट-टप बक्स दुवैमा खेल हेर्न चाहने ग्राहकले भने यी दुवै पास छुट्टाछुट्टै खरिद गर्नुपर्ने हुन्छ।

विश्वकपका यी विभिन्न पासहरू ग्राहकहरूले विभिन्न माध्यमबाट खरिद र सक्रिय गर्न सक्नेछन्। डिशहोम डीटीएच तथा आईपी टिभीका लागि विश्वकप सिजन पास डिशहोमका आधिकारिक बिक्रेता, खल्ती, ईसेवा, कनेक्ट आईपीएस तथा अन्य उपलब्ध डिजिटल भुक्तानी माध्यममार्फत खरिद गर्न सकिन्छ।

डिगो विश्वकप पास भने खल्ती, ईसेवा, ग्लोबल आइएमई मोबाइल बैंकिङ तथा कनेक्ट आईपीएसमार्फत मात्र खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

असार २, २०८३ मंगलबार १३:०७:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।