कुमारी बैंक ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६’ मा प्लाटिनम अवार्डबाट सम्मानित

कुमारी बैंक ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६’ मा प्लाटिनम अवार्डबाट सम्मानित

काठमाडौं : कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६’ अन्तर्गत व्यावसायिक मोडेल नवप्रवर्तन विधामा प्लाटिनम अवार्डबाट सम्मानित भएको छ।

बैंकले कार्यान्वयन गरेको ग्राहक पहिचान तथा अनुपालन प्रक्रिया सम्बन्धी पहलका लागि यो सम्मान प्रदान गरिएको हो।

इन्फोसिस फिन्याकलद्वारा हरेक वर्ष आयोजना गरिने यस अवार्ड कार्यक्रममा विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूका नवप्रवर्तन र रूपान्तरणका अभ्यासहरूको मूल्याङ्कन गरिन्छ।

यस वर्ष विभिन्न ९ विधामा प्राप्त ५०० भन्दा बढी आवेदनहरूमध्ये कुमारी बैंकले आफ्नो केवाईसी कार्यप्रवाह अनुपालन प्रणालीमार्फत यो उच्च पदक प्राप्त गरेको हो।

यस प्रणालीले ग्राहक पहिचान प्रक्रियालाई सुरक्षित, छरितो र प्रभावकारी बनाउनुका साथै नियामकीय मापदण्डहरूको पालना गर्न सहयोग पुर्याएको बैंकले जनाएको छ।

अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेसँगै कुमारी बैंकले आधुनिक प्रविधिको उपयोग गर्दै ग्राहकलाई सहज र सुरक्षित बैंकिङ सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।

आगामी दिनमा पनि डिजिटल समाधानहरू विस्तार गर्दै ग्राहक केन्द्रित सेवा प्रवाहलाई निरन्तरता दिने बैंकको भनाइ छ।

असार २, २०८३ मंगलबार १३:०२:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।