चितवनको बिन्देश्वरी आधारभूत विद्यालयलाई एनआईसी एशिया बैंकको शैक्षिक सामग्री सहयोग

चितवनको बिन्देश्वरी आधारभूत विद्यालयलाई एनआईसी एशिया बैंकको शैक्षिक सामग्री सहयोग

चितवन : एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रत्ननगर, चितवनस्थित श्री बिन्देश्वरी आधारभूत विद्यालयलाई शैक्षिक सामग्रीहरू सहयोग गरेको छ।

सीमान्तकृत, न्यून आय भएका र पिछडिएका वर्गका बालबालिकाहरूलाई प्राथमिकतामा राखेर अध्यापन गराउँदै आएको यस विद्यालयमा ८५ जनाभन्दा बढी चेपाङ समुदायका विद्यार्थीसहित १२६ जना बालबालिका अध्ययनरत छन्।

विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउने र विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले बैंकले यो सहयोग उपलब्ध गराएको हो।

बैंकका नारायणगढ सर्कल हेड रामकृष्ण काफ्लेले विद्यालयका प्रधानाध्यापक हरिप्रसाद खनाललाई आषाढ १ गते आयोजित एक कार्यक्रमका बीच ती शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा रत्ननगर नगरपालिका वडा नम्बर १५ का अध्यक्ष आशिष तामाङ, शिक्षक-शिक्षिका, विद्यार्थी तथा बैंकका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

बैंकले उपलब्ध गराएको यस सहयोगले सीमान्तकृत बालबालिकाहरूको पठनपाठनमा सहजता ल्याउनुका साथै विद्यालयको शैक्षिक वातावरण सुदृढ बनाउन मद्दत पुग्ने विश्वास बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी जयन्द्र रावलले व्यक्त गरेका छन्।

असार २, २०८३ मंगलबार १२:५७:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।