टीभीएसको नयाँ योजना : दुई वर्षसम्मको सवारी कर छुट र २ हजार ८९९ रुपैयाँमै ईएमआई सुविधा

टीभीएसको नयाँ योजना : दुई वर्षसम्मको सवारी कर छुट र २ हजार ८९९ रुपैयाँमै ईएमआई सुविधा

काठमाडौं : नेपालका लागि टीभीएस दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि. ले ग्राहकहरूका लागि ‘२ वर्ष ट्याक्स फ्री - टीभीएसमा खुशी नै खुशी’ योजना सार्वजनिक गरेको छ।

यस योजना अन्तर्गत टीभीएसको जुनसुकै मोटरसाइकल वा स्कुटर खरिद गर्दा ग्राहकले २ वर्षसम्मको सवारी कर छुट पाउनेछन्।

यस विशेष अफरसँगै ग्राहकहरूले नागरिकता र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आधारमा छिटो फाइनान्स सुविधा, न्यूनतम २ हजार ८ सय ९९ रुपैयाँबाट सुरु हुने मासिक किस्ता  योजना र पुरानो सवारी साटेर नयाँ टीभीएस खरिद गर्न सकिने एक्सचेन्ज सुविधा समेत प्राप्त गर्न सक्नेछन्।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारका अनुसार ग्राहकहरूलाई आर्थिक भार कम गराउँदै सवारी खरिद प्रक्रियालाई सहज र आकर्षक बनाउने उद्देश्यले यो योजना ल्याइएको हो।

दशकौंदेखि नेपाली अटोमोबाइल क्षेत्रमा क्रियाशील जगदम्बा मोटर्सले देशभरी फैलिएको आफ्नो नेटवर्क र आफ्टर-सेल्स सपोर्टमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ। योजनाबारे विस्तृत जानकारी लिन ग्राहकहरूले नजिकैको आधिकारिक टीभीएस शोरुममा सम्पर्क गर्न सक्नेछन्।

असार २, २०८३ मंगलबार १२:५३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।