सिद्धार्थ बैंक 'इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६' मा गोल्ड अवार्डबाट सम्मानित
काठमाडौं : सिद्धार्थ बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित 'इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६' अन्तर्गत ‘Maximizing Customer Engagement- Digital First Banking’ विधामा गोल्ड अवार्डबाट सम्मानित भएको छ।
विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूले प्रविधि, नवप्रवर्तन तथा ग्राहक अनुभव अभिवृद्धिको क्षेत्रमा गरेका अभ्यासहरूको मूल्याङ्कनका आधारमा बैंकलाई यो अवार्ड प्रदान गरिएको हो।
बैंकले आफ्ना ग्राहकहरूलाई सहज, सुरक्षित र आधुनिक बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले विभिन्न डिजिटल सेवाहरू विस्तार गर्दै आएको छ।
मोबाइल बैंकिङ, क्यूआर भुक्तानी, क्यूआर कर्जा, भर्चुअल क्रेडिट कार्ड र डिजिटल खाता सञ्चालन जस्ता प्रविधिमार्फत ग्राहकहरूलाई छिटो र सरल सेवा उपलब्ध गराउने बैंकको प्रयासलाई यस अवार्डले थप ऊर्जा प्रदान गरेको बैंकले जनाएको छ।
आगामी दिनहरूमा पनि आधुनिक प्रविधिको अधिकतम उपयोग गर्दै डिजिटल भुक्तानी प्रणालीको विस्तार, व्यावसायिक साझेदारीको सुदृढीकरण र ग्राहक सन्तुष्टि अभिवृद्धिमा प्रतिबद्ध रहँदै अघि बढ्ने बैंकले विश्वास लिएको छ।
असार २, २०८३ मंगलबार १२:४८:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।