सिजीको नयाँ वर्ष योजना : झापाका रणधीर गुप्ताले जिते ‘सेट अफ ५ प्रोडक्ट्स’

सिजीको नयाँ वर्ष योजना : झापाका रणधीर गुप्ताले जिते ‘सेट अफ ५ प्रोडक्ट्स’

काठमाडौं : इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो साना घरायसी उपकरण अन्तर्गत सञ्चालन गरेको ‘एक्पेरियन्स लाइफ विथ सीजी : भरोसा नेपालीको, उत्सव नयाँ वर्षको’ अभियानको विजेता घोषणा गरेको छ।

यस योजना अन्तर्गत झापा, भद्रपुर निवासी रणधीर गुप्ताले आकर्षक ‘सेट अफ ५ प्रोडक्ट्स’ उपहार प्राप्त गरेका छन्।

भद्रपुरस्थित वैष्णवी पाथीभरा भाँडा पसलबाट सिजीको ‘सिजी इग्नाइट टुबीएस’  खरिद गरी उपलब्ध क्यूआरकोड स्क्यान गरेर उनी योजनामा सहभागी भएका थिए।

हालै आयोजित एक कार्यक्रमका बीच कम्पनीका प्रतिनिधि आशुतोष ठाकुरले विजेता गुप्तालाई उक्त उपहारहरू हस्तान्तरण गरेका हुन्।

नेपाली बजारमा ४० वर्षभन्दा बढी समयदेखि उपस्थिति जनाउँदै आएको सिजी इलेक्ट्रोनिक्सले देशभर रहेका २८ वटा शोरुम, आधिकारिक बिक्री केन्द्र र ४० वटा सेवा केन्द्रहरूमार्फत ग्राहकहरूलाई आफ्ना उत्पादन तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ।

असार २, २०८३ मंगलबार ११:४४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।