सुनको मूल्य बढ्दा घट्यो चाँदी

सुनको मूल्य बढ्दा घट्यो चाँदी

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य बढेको छ। 

सोमबारको तुलनामा आज सुन तोलामा तीन सय रुपैयाँले बढेको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला २ लाख ९८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।  

यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी २५ रुपैयाँले घटेर ४ हजार नौ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी ५ हजार १५ रुपैयाँमा कारोबार भएको थियो।  

असार २, २०८३ मंगलबार ११:१२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।