टाइटन नेपालको ब्रान्ड एम्बेसडरमा भारतीय अभिनेत्री आलिया भट्ट
काठमाडौँ : विश्व प्रसिद्ध घडी तथा लाइफस्टाइल ब्रान्ड 'टाइटन' को नेपाल प्रवेशको २२औँ वार्षिकोत्सव एक विशेष समारोहका साथ भव्य रूपमा सम्पन्न भएको छ । नेपालमा टाइटन ब्रान्डको आधिकारिक वितरक नेपाल ट्रेड नेटवर्क प्रालिद्वारा आयोजित उक्त कार्यक्रममा टाइटन कम्पनीका अन्तर्राष्ट्रिय व्यापार विभाग (आईबीडी) अन्तर्गत सार्क तथा अफ्रिका क्षेत्र प्रमुख श्री जितेन्द्र सिन्हा प्रमुख अतिथिका रूपमा सहभागी भए।
कार्यक्रममा नेपालभरका करिब ४० जना डिलर, व्यावसायिक साझेदार तथा टाइटनका प्रतिनिधिहरूको सहभागी थिए। कार्यक्रमले टाइटनको नेपालमा दुई दशकभन्दा लामो सफल यात्रालाई स्मरण गर्दै आगामी योजनाहरू समेत सार्वजनिक गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जितेन्द्र सिन्हाले नेपालमा टाइटन ब्रान्डप्रति ग्राहकहरूको विश्वास र आकर्षण निरन्तर बढ्दै गएको बताए।
"भारतपछि नेपाल टाइटनका लागि एक महत्वपूर्ण अन्तर्राष्ट्रिय बजारका रूपमा स्थापित भएको छ। नेपालमा टाइटनको बजार विस्तार र ब्रान्ड मूल्य दुवै सशक्त रूपमा वृद्धि भइरहेको छ" उनले भने।
कार्यक्रममा बलिउडकी चर्चित अभिनेत्री आलिया भट्टलाई नेपालका लागि टाइटन ब्रान्डको आधिकारिक ब्रान्ड एम्बासडर घोषणा गरियो।
सिन्हाले असार महिनाभरि टाइटनका सम्पूर्ण उत्पादनहरूमा २० प्रतिशत विशेष छुटउपलब्ध गराइने घोषणा गरे।
नेपाल ट्रेड नेटवर्क प्रालिका प्रबन्ध निर्देशक सुनिक कुमार अग्रवालले सन् २०२६ भित्र देशका विभिन्न स्थानमा थप तीनवटा नयाँ शोरुम सञ्चालन गर्ने लक्ष्य रहेको बताए।
असार १, २०८३ सोमबार १५:३८:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।