शाओमी १७टी नेपाली बजारमा सार्वजनिक

शाओमी १७टी नेपाली बजारमा सार्वजनिक

काठमाडौं : चिनियाँ प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन ‘शाओमी १७टी’ नेपाली बजारमा सार्वजनिक गरेको छ। लेइका क्यामेरा प्रणाली र उच्च क्षमताको ब्याट्रीलाई मुख्य विशेषताका रूपमा प्रस्तुत गरिएको यस फोनको बजार मूल्य ९० हजार तोकिएको छ।

कम्पनीका अनुसार शाओमी १७टी मा लेइका अप्टिक्समा आधारित ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ५० मेगापिक्सेलकै लेइका फाइभ एक्स टेलिफोटो क्यामेरा समावेश छ। यसमा अप्टिकल इमेज स्टेबिलाइजेसनसहित १० गुणासम्मको अप्टिकल जुम र १२० गुणासम्मको एआई आधारित जुम सुविधा रहेको छ। भिडियोका लागि यसमा ४-के ६० एफपिएसको सिनेम्याटिक रेकर्डिङ सुविधा दिइएको छ।

डिस्प्लेतर्फ यसमा ३,५०० निट्सको अधिकतम चमक भएको १५०० एमोलेड स्क्रिन प्रयोग गरिएको छ। वातावरणको प्रकाशअनुसार स्वतः समायोजन हुने यो डिस्प्ले ‘फोर आइकेयर’ प्रमाणित रहेको कम्पनीले जनाएको छ।

फोनको कार्यक्षमताका लागि ४ नानोमिटर प्रविधिको ‘मिडिया टेक डाइमेनसिटी ८५०० अल्ट्रा’ प्रोसेसर र ६,५०० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ। यसमा ६७ वाटको फास्ट चार्जिङ प्रविधि रहेको छ, जसले अघिल्लो पुस्ताको तुलनामा १८ प्रतिशत बढी ब्याट्री क्षमता प्रदान गर्ने दाबी गरिएको छ।

जेठ ३०, २०८३ शनिबार १८:२४:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।