पोखरामा लेखा शिक्षक कार्यशाला सम्पन्न

पोखरामा लेखा शिक्षक कार्यशाला सम्पन्न

पोखरा : ब्रिटिस प्रोफेशनल कलेज (बीपीसी) र एसीसीएले पोखरामा 'आइएफआरएस र एनएफआरएस' सम्बन्धी एक बृहत् लेखा शिक्षक कार्यशाला सम्पन्न गरेका छन्।

गण्डकी प्रदेशका १५० भन्दा बढी शिक्षण संस्थाका २०० भन्दा बढी शिक्षक एवं प्राध्यापकहरू सहभागी उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय र राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्डका नवीनतम प्रवृत्तिको विषयमा व्यवहारिक ज्ञान साझा गरिएको थियो। 

एफसीसीए बिक्रान्त आचार्यले सञ्चालन गरेको सो कार्यशालाले लेखा शिक्षाको गुणस्तर सुधार र शिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धिमा सहयोग पुऱ्याउने आयोजकले जनाएको छ।

जेठ २९, २०८३ शुक्रबार १९:४४:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।