मोतिबिन्दु शल्यक्रियाका लागि आईईमई लाइफको आर्थिक सहयोग
काठमाडौं : आईईमई लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सय जना विपन्न नागरिकको मोतिबिन्दुको निःशुल्क शल्यक्रियाका लागि आर्थिक सहयोग गरेको छ।
आईईमई लाइफले माट्रिका आइ सेन्टरसँगको सहकार्यमा जनकपुरमा हुने शल्यक्रिया कार्यक्रमका लागि ६ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको हो। यसबाट विशेषगरी धनुषा र महोत्तरी जिल्लाका ग्रामीण क्षेत्रका आर्थिक अभावमा रहेका मोतिबिन्दु पीडितहरू लाभान्वित हुने अपेक्षा गरिएको छ।
आईईमई लाइफका उप-कार्यकारी प्रमुख खिलेन्द्र पौडेलले आर्थिक अभावका कारण दृष्टि गुमाउने जोखिममा रहेका नागरिकलाई सहकार्य पुग्ने विश्वास व्यक्त गरे। माट्रिका आइ सेन्टरका अध्यक्ष सुरज श्रेष्ठले आईईमई लाइफको सहयोगप्रति आभार व्यक्त गरे। यस सहयोगले ग्रामीण क्षेत्रका विपन्न परिवारको जीवनमा परिवर्तन ल्याउन सहयोग पुग्ने उल्लेख गरे।
जेठ २९, २०८३ शुक्रबार १९:३३:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।