लक्ष्मी हुन्डाईलाई अन्तर्राष्ट्रिय ‘आईएमईए सर्भिस पर्फर्मेन्स अवार्ड’

लक्ष्मी हुन्डाईलाई अन्तर्राष्ट्रिय ‘आईएमईए सर्भिस पर्फर्मेन्स अवार्ड’

काठमाडौं : नेपालका लागि हुन्डाई मोटरको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टेनेन्टलले अन्तर्राष्ट्रियस्तरको ‘इन्डिया, मिडल इस्ट एन्ड अफ्रिका सर्भिस पर्फर्मेन्स अवार्ड’ प्राप्त गरेको छ। 

गाडी बिक्रीपछिको सेवा (आफ्टर-सेल्स सर्भिस) र ग्राहक सन्तुष्टिमा उल्लेखनीय सुधार गरेको आधारमा ‘आउटस्ट्यान्डिङ प्रोग्रेस अवार्ड (PV)’बाट लक्ष्मी इन्टरकन्टेनेन्टललाई सम्मानित गरिएको हो। 

हुन्डाई मोटरले आफ्नो आईएमईए क्षेत्रका विक्रेताहरूमध्ये उत्कृष्ट सेवा प्रदान गर्ने देशका रूपमा नेपालको लक्ष्मी हुन्डाईलाई छनोट गरेको छ।

बिक्रीपछिको सेवालाई मुख्य प्राथमिकतामा राखेर सेवा केन्द्रहरूको सञ्जाल विस्तार, कर्मचारीको दक्षता वृद्धि र भौतिक पूर्वाधारको आधुनिकीकरणमा लगानी बढाएका कारण यो सफलता मिलेको जनाएको छ। 

धेरैजसो अटोमोबाइल ब्रान्डले बिक्रीमा मात्र ध्यान दिने गरेको सन्दर्भमा लक्ष्मी हुन्डाईले ग्राहकको दीर्घकालीन अनुभव र मर्मत-सम्भारलाई जोड दिँदै आएको दाबी गरेको छ। यस उपलब्धिलाई आफ्नो टोलीको निरन्तर मेहनत र ग्राहकहरूको विश्वासको परिणामका रूपमा लिएको भनेको छ।

जेठ २९, २०८३ शुक्रबार १९:०६:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।