नेप्से ८ अंकले घट्दा कारोबार रकम ३ अर्ब ९० करोडमा खुम्चियो

नेप्से ८ अंकले घट्दा कारोबार रकम ३ अर्ब ९० करोडमा खुम्चियो

काठमाडौं : लगातार ४ कारोबार दिन घटेर बुधबार सामान्य अंकले बढेको सेयर बजार बिहीबार फेरि घटेको छ। नेप्से परिसूचक ८.१४ अङ्कले घटेर २७२८ विन्दुमा सीमित भएको छ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। आज तीन अर्ब ९० करोडको कारोबार भयो। बुधबार चार अर्ब २९ करोडको कारोबार भएको थियो। ८१  कम्पनीको मूल्य बढ्दा १७९ को घट्यो भने १३ को स्थिर रह्यो।

आज होटेल तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूह बाहेक अन्य समूहका उपसूचक घटेका छन्। होटेल तथा पर्यटन ०.४७ र उत्पादन तथा प्रशोधन ०.२६ प्रतिशत बढे।

बैंकिङ ०.२५, विकास बैंक ०.५१, फाइनान्स १.४५,  हाइड्रोपावर ०.१८, लगानी ०.२२, जीवन बिमा  ०.२१, माइक्रोफाइनान्स ०.२८, निर्जीवन बिमा ०.१७, अन्य ०.९१ र व्यापार १.२३ प्रतिशत घटे।

सोपान फर्मास्युटिकल्सको मूल्य सबैभन्दा धेरै १४.९९ र एपोलो हाइड्रोपावरको सेयर मूल्य १४.९७ प्रतिशत बढ्यो। सप्तकाेशी डेभलपमेन्ट बैंककाे सेयर मूल्य सबैभन्दा धेरै १३.५१ प्रतिशत घट्यो।

आज धेरै कारोबार भएका कम्पनीमा सिटी होटेल, सेन्ट्रल फाइनान्स, बुंगल हाइड्रो, पिपुल्स हाइड्रोपावर र आँखुखोला जलविद्युत् छन्। 

जेठ २८, २०८३ बिहीबार १५:२५:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।