तोलामा ५१ एक सय घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

तोलामा ५१ एक सय घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

 काठमाडौं : नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। 

बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा पाँच हजार एक सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८६ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ। 

बुधबार सुन प्रतितोला दुई लाख ९१ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा एक सय ९० रूपैयाँ घटेर चार हजार छ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ। बुधबार चाँदी प्रतितोला चार हजार सात सय ४० रूपैयाँमा कारोबार भएको थियो।  

जेठ २८, २०८३ बिहीबार ११:०५:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।