नेप्सेमा झिनो सुधार, ५ अर्ब ६२ करोडको  कारोबार

नेप्सेमा झिनो सुधार, ५ अर्ब ६२ करोडको  कारोबार

काठमाडौं : बुधबार सेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक २.५७ अङ्कले बढेर २७३६ विन्दुमा कायम भएको छ।

आज चार अर्ब २९ करोडको कारोबार भयो। १२८ कम्पनीको सेयर मूल्य बढ्दा १३४ को घट्यो भने १० को स्थिर रह्यो।

विकास बैंक ०.२१, फाइनान्स ०.०८, होटेल तथा पर्यटन ०.५४, हाइड्रोपावर ०.६५, उत्पादन तथा प्रशोधन ०.१८ र म्युचुअल फन्ड ०.०१ प्रतिशत बढे।

लगानी ०.०८, जीवन बिमा  ०.३२,  निर्जीवन बिमा ०.२४, अन्य ०.०३ र व्यापार ०.४३ प्रतिशत घटे।

कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशत बढ्यो। यस्तै, सोपान फर्मास्युटिकल्स र  एपोलो हाइड्रोपावरको सेयर मूल्य १४.९८ प्रतिशत बढ्यो।

आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, सप्तकोशी विकास बैंक, सिटी होटेल, अपर हेवाखोला हाइड्रोपावर र सेन्ट्रल फाइनान्स छन्। 

जेठ २७, २०८३ बुधबार १५:२९:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।