मेरियट इन्टरनेशनलका बोर्ड अध्यक्ष डेभिड मेरियटद्वारा मोक्सी काठमाडौंको भ्रमण
काठमाडौं : मेरियट इन्टरनेशनलका बोर्ड अध्यक्ष डेभिड मेरियटले हालै काठमाडौंको लाजिम्पाटस्थित ‘मोक्सी काठमाडौं’ होटलको भ्रमण गरेका छन्।
उनको यस भ्रमणलाई नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रमा मेरियट इन्टरनेशनलले दिएको महत्त्वका रूपमा हेरिएको छ।
भ्रमण टोलीमा मेरियट इन्टरनेशनलका एसिया प्यासिफिक (ग्रेटर चाइना बाहेक) का अध्यक्ष राजीव मेनन, प्रमुख सञ्चालन अधिकृत निराज गोविल, दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष किरण एन्डिकोट लगायतका उच्च अधिकारीहरू सहभागी थिए।
टोलीलाई मोक्सी काठमाडौंको व्यवस्थापनले होटलको विशिष्ट शैलीअनुसार ‘फ्ल्यास मब’ प्रस्तुतिसहित स्वागत गरेको थियो।
स्वागत समारोहपछि मोक्सी काठमाडौंका क्याप्टेन सुवर्ण थापाले अध्यक्ष मेरियटलाई होटलको अवलोकन गराउँदै यहाँको आधुनिक डिजाइन, सेवा-सुविधा र विशिष्ट लाइफस्टाइल अनुभवहरूका बारेमा जानकारी गराएका थिए।
यस भ्रमणले नेपालमा मेरियटको उपस्थितिलाई थप मजबुत बनाउन र गुणस्तरीय सेवा प्रदान गर्न प्रोत्साहन मिल्ने होटल व्यवस्थापनले जनाएको छ।
जेठ २७, २०८३ बुधबार १४:२५:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।