‘वर्ल्ड कप लाइभ सब्सक्रिप्सन’सहित सामसङ नेपालले ल्यायो ‘विशेष टिभी अफर’

‘वर्ल्ड कप लाइभ सब्सक्रिप्सन’सहित सामसङ नेपालले ल्यायो ‘विशेष टिभी अफर’

काठमाडौं : सामसङ नेपालले विश्वकप फुटबलको सिजनलाई लक्षित गर्दै आफ्ना विभिन्न टिभी मोडेलहरूमा विशेष अफर घोषणा गरेको छ।

घरमै रंगशालाजस्तै खेलको जीवन्त अनुभव प्रदान गर्ने दाबी गरेर ल्याइएको यो योजना आगामी सन् २०२६ जुलाई १९ सम्म लागू हुने कम्पनीले जनाएको छ।

योजनाअन्तर्गत ग्राहकहरूले सामसङका विभिन्न सेग्मेन्टका टिभी खरिदमा आकर्षक क्यासब्याक र उपहारहरू प्राप्त गर्न सक्नेछन्।

सामसङको प्रिमियम ‘क्यूलेड’टिभी खरिद गर्दा ग्राहकले २५ प्रतिशतसम्म क्यासब्याक पाउनेछन्। यो अफर ५५ देखि ८५ इन्चका क्युलेड टिभीहरूमा उपलब्ध छ।

यसैगरी, ४३ देखि ६५ इन्चका ‘यूएचडी’टिभीमा १० प्रतिशत, ४३ इन्चको ‘एफएचडी’ टिभीमा ७ प्रतिशत र ३२ इन्चको ‘एचडी’ टिभी खरिदमा २१ प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको छ।

कम्पनीले ठूलो स्क्रिनमा खेलको उत्कृष्ट अडियो अनुभवका लागि ७५ इन्च वा ८५ इन्चका क्युलेड टिभी खरिद गर्ने ग्राहकलाई रु. ४९ हजार ९९० मूल्य पर्ने सामसङ साउन्डबार मात्र रु. ९ हजार ९९९ मा उपलब्ध गराउने भएको छ।

यसका साथै, विश्वकपका खेलहरू सहज रूपमा हेर्नका लागि सबै मोडेलका टिभी खरिदमा नि:शुल्क ‘वर्ल्ड कप लाइभ सब्सक्रिप्सन’ प्रदान गरिनेछ।

मनोरञ्जनलाई थप विस्तार गर्न क्युलेड र युएचडी टिभी खरिदकर्ताले १२ महिनाको नि:शुल्क नेटटीभी प्याकेज पाउनेछन् भने एफएचडी र एचडी टिभीको खरिदमा ६ महिनाको नि:शुल्क नेटटीभी प्याकेज उपलब्ध हुनेछ।

ग्राहकले हुलास फिनसर्भ हयर पर्चेज लिमिटेडमार्फत सञ्चालित ‘सामसङ इन्स्टा फाइनान्स’ सेवा उपयोग गरी १२ वा २४ महिनाको सरल किस्ताबन्दीमा टिभी लैजान सक्नेछन्।

पुराना इलेक्ट्रोनिक्स उपकरणहरू ‘अर्कोस्टोर’ वा सामसङका आधिकारिक स्टोरहरूबाट साटफेर गरी नयाँ टिभी खरिद गर्ने सुविधा पनि मिलाइएको कम्पनीले जनाएको छ।

जेठ २७, २०८३ बुधबार १४:११:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।