एकैदिन तोलामा १० हजार एक सय घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

एकैदिन तोलामा १० हजार एक सय घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। 

मंगलबारको तुलनामा आज सुनको मूल्य तोलामा १० हजार एक सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ। 

मंगलबार सुन प्रतितोला तीन लाख एक हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार चाँदी तोलामा एक सय ८५ रूपैयाँ घटेर चार हजार सात सय ४० रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार चाँदी प्रतितोला चार हजार नौ सय २५ रूपैयाँमा कारोबार भएको थियो।  

जेठ २७, २०८३ बुधबार ११:२३:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।