इटहरीमा एमएडब्लु अर्थमुभर्सको ‘जेसीबी ग्राहक सम्मान कार्यक्रम’ सम्पन्न

इटहरीमा एमएडब्लु अर्थमुभर्सको ‘जेसीबी ग्राहक सम्मान कार्यक्रम’ सम्पन्न

काठमाडौं : जेसीबी मेसिनको आधिकारिक वितरक एमएडब्लु अर्थमुभर्सले कोशी प्रदेशसँगको सम्बन्ध सुदृढ बनाउने उद्देश्यले मङ्गलबार इटहरीमा ‘जेसीबी ग्राहक सम्मान कार्यक्रम’ सम्पन्न गरेको छ।

कोशी प्रदेशका ग्राहक, निर्माण व्यवसायी र विभिन्न पेशागत संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा जेसीबीका उपकरण तथा सेवामा दीर्घकालीन विश्वास गर्ने ग्राहकहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा नेपाल हेभी इक्विपमेन्ट एसोसिएसनका अध्यक्ष उमाकान्त शर्माले ‘जेसीबी थ्रीडीएक्स सुपर ब्याकहो लोडर’को ‘सरप्राइज बुकिङ’ गरेका थिए। सोही अवसरमा जेसीबी नेपाल टिमले नयाँ मेसिन खरिद गर्नेहरूलाई औपचारिक रूपमा चाबी हस्तान्तरण समेत गरेको थियो। 

साथै मेसिनका पार्टपुर्जा, मर्मत सेवा र वार्षिक मर्मत सम्झौतामा आबद्ध पुराना ग्राहकहरूलाई कदर पत्र प्रदान गरी सम्मान गरिएको थियो। 

जेठ २६, २०८३ मंगलबार १९:१३:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।