पाँच वर्ष पूरा गरेको अवसरमा इनड्राइभको चालक-केन्द्रित क्याम्पेन सार्वजनिक

पाँच वर्ष पूरा गरेको अवसरमा इनड्राइभको चालक-केन्द्रित क्याम्पेन सार्वजनिक

काठमाडौं : नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको अवसरमा विश्वव्यापी मोबिलिटी प्लेटफर्म इनड्राइभले चालक-केन्द्रित नयाँ ब्राण्ड क्याम्पेन सार्वजनिक गरेको छ।

‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ (ड्राइभर ३६०) नामक अभियानमार्फत चालकहरूको काम गर्ने समय, यात्राको छनोट र आम्दानीको पारदर्शितालाई प्राथमिकता दिएको छ। 

अगस्ट २०२६ सम्म सञ्चालन हुने यस क्याम्पेनले डिजिटल यातायात क्षेत्रमा कार्यरत चालकहरूको वास्तविक जीवन र चुनौतीलाई उजागर गर्ने इनड्राइभले जनाएको छ।

यसै अवसरमा कम्पनीले ‘होमकमिङ मिटर’ क्याम्पेन पनि घोषणा गरेको छ। यस अन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएर नेपालमै इनड्राइभमार्फत स्वरोजगार बनेका चालकहरूको प्रेरणादायी यात्रा सार्वजनिक गरिनेछ। 

इनड्राइभकी सिनियर ड्राइभर अपरेसन स्पेसिलिस्ट सुनिता जिमी राईले विगत पाँच वर्षदेखि पारदर्शी र निष्पक्ष प्लेटफर्म निर्माणमा ध्यान दिएको बताइन्। इनड्राइभले नेपालमा यात्री र चालकबीच सिधै भाडा तय गर्न सकिने ‘पियर-टु-पियर’ मोडेललाई प्रवर्द्धन गर्दै आएको छ।

जेठ २६, २०८३ मंगलबार १८:५४:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।