विश्वकप २०२६ को विशेष शोका लागि नेपाल आउँदै भाइचुङ भुटिया

विश्वकप २०२६ को विशेष शोका लागि नेपाल आउँदै भाइचुङ भुटिया

काठमाडौं : दक्षिण एसियाली फुटबलका पूर्व खेलाडी भाइचुङ भुटिया फिफा विश्वकप २०२६ का क्रममा सञ्चालन हुने ‘प्रि-म्याच’ र ‘पोस्ट-म्याच’ शोमा सहभागी हुन नेपाल आउने भएका छन्। 

विश्वकपको प्रसारक हिमालय स्पोर्ट्सले भुटियालाई आफ्नो प्रसारण अनुभवको हिस्सा बनाउने घोषणा गरेको हो। भुटियाले हिमालय स्पोर्ट्सबाट प्रसारण हुने ‘रेड बुल फुटबल २६’ (इन एसोसिएसन विथ प्रोटोन ई-मास) कार्यक्रममा विज्ञका रूपमा रणनीतिक विश्लेषण, म्याच प्रिभ्यु र पोस्ट-म्याच प्रतिक्रिया दिनेछन्। 

उक्त शोमा भुटियासँगै नेपालका चर्चित फुटबल खेलाडी र खेल व्यक्तित्वहरूको पनि सहभागिता रहने प्रेस विज्ञप्तिमा उल्लेख छ। नेपालका लागि फिफा विश्वकप २०२६ को ब्रोडकास्टर हिमालय स्पोर्ट्सले दर्शकका लागि दुईवटा प्याकेज सार्वजनिक गरेको छ। 

दर्शकहरूले टेलिभिजनमा हिमालय स्पोर्ट्स एचडी मार्फत खेल हेर्न ९९९ रुपैयाँ र मोबाइलमा ‘डीजीओ’ एप मार्फत ५४९ रुपैयाँमा सब्सक्रिप्सन लिन सक्नेछन्। विश्वकप प्रसारणमा विभिन्न व्यावसायिक घरानाहरू साझेदारका रूपमा जोडिएका छन्। 

रेड बुल ‘टाइटल स्पोन्सर’ र प्रोटोन ई-मास ‘इन एसोसिएसन पार्टनर’ रहेका छन्। त्यस्तै, कोकाकोला ‘प्रेजेन्टेड बाई पार्टनर’ रहेको छ भने रियल जुस र वाइवाइ चाउचाउ ‘पावर्ड बाई पार्टनर’ का रूपमा छन्। हिमस्टार र टिभिएस यस प्रसारणका सह-प्रायोजक हुन्।

जेठ २६, २०८३ मंगलबार १५:५६:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।