पूर्वगृहमन्त्री सुधन गुरुङबारे छानबिन समितिको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय
काठमाडौं : सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङमाथि अध्ययन तथा छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन स्वीकार गर्ने निर्णय गरेको हो। यसअघि मन्त्री पदमा बहाल रहँदा विभिन्न विवादमा परेपछि सांसद गुरुङले आफ्नो पदबाट राजीनामा दिएका थिए।
उक्त विवादको सत्यतथ्य पत्ता लगाउन सरकारले छानबिन समिति गठन गरेको थियो।
समितिले आफ्नो अध्ययन पूरा गरी तयार पारेको प्रतिवेदन सरकारसमक्ष बुझाएसँगै मन्त्रिपरिषद्ले यसलाई औपचारिक रूपमा ग्रहण गर्ने निर्णय गरेको हो।
जेठ २६, २०८३ मंगलबार १२:३३:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।