एक ब्याचबाहेक अन्य ‘करेन्ट हट एण्ड स्पाइसी’ चाउचाउ उपभोगका लागि सुरक्षित रहेको यशोदा फूड्सको स्पष्टीकरण
रूपन्देही : यशोदा फूड्स प्रा.लि.ले आफ्नो उत्पादन ‘करेन्ट हट एण्ड स्पाइसी’ (१०० ग्राम) चाउचाउको एउटा निश्चित ब्याचबाहेक अन्य सम्पूर्ण उत्पादनहरू उपभोग तथा बिक्री वितरणका लागि सुरक्षित रहेको स्पष्ट पारेको छ।
कम्पनीले उपभोक्ता, बिक्रेता तथा अधिकृत बिक्रेताहरूका लागि एक जानकारीमूलक सूचना जारी गर्दै खाद्य तथा गुण नियन्त्रण कार्यालयको प्रतिवेदन अनुसारको निश्चित ब्याचबाहेक अन्य उत्पादनहरू निर्धक्क उपभोग गर्न सकिने जनाएको हो।
यशोदा फूड्सका अनुसार उत्पादन मिति २०२६/०२/२३ को ब्याच नम्बर ‘२०२६।०२।२३–०४ए’ भएको चाउचाउ बाहेक अन्य मितिमा उत्पादित फरक ब्याच नम्बर भएका सम्पूर्ण उत्पादनहरूमा कुनै समस्या छैन।
कम्पनीले ब्याच नम्बर ‘०४ए’ बाहेक अन्य फरक उत्पादन मिति र ब्याच नम्बर भएका ‘करेन्ट हट एण्ड स्पाइसी’ चाउचाउहरू गुणस्तरीय रहेको र तिनलाई बिना कुनै दुविधा खरिद, बिक्री तथा उपभोग गर्न सकिने भन्दै उपभोक्ता तथा बिक्रेताहरूलाई ढुक्क रहन हार्दिक अनुरोध गरेको छ।

जेठ २६, २०८३ मंगलबार ११:१५:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।