सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेर ३ लाख १ हजार ९०० सय रुपैयाँमा कारोबार भएको छ।

सोमबार सुनको मूल्य तोलामा दुई लाख ९९ हजार ९०० रुपैयाँ कायम भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको छ। सोमबार चाँदीको मूल्य चार हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो।

जेठ २६, २०८३ मंगलबार ११:०८:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।