एनएमबि बैंकद्वारा नेपाल-भारत रियल-टाइम पीटूपी रेमिट्यान्स सेवा सुरु
काठमाडौं : एनएमबि बैंक लिमिटेडले नेपाल र भारतबीच सहज तथा सुरक्षित रूपमा रकम पठाउन र प्राप्त गर्न मिल्ने गरी ‘इन्डो-नेपाल पीटूपी क्रस-बोर्डर’ भुक्तानी तथा रेमिट्यान्स सेवाको सुरुवात गरेको छ।
नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा सुरु गरिएको यस सेवामार्फत ग्राहकहरूले भारतबाट नेपालमा रहेका एनएमबि बैंकका व्यक्तिगत खाताहरूमा र नेपालबाट भारतमा तुरुन्तै रकम स्थानान्तरण गर्न सक्नेछन्। यसले परम्परागत प्रक्रियामा हुने ढिलाइलाई पूर्ण रूपमा हटाउने बैंकले जनाएको छ।
यस सेवा अन्तर्गत ग्राहकले लामो बैंक खाता नम्बर आदानप्रदान गर्नुपर्ने झन्झट बिना नै ‘भर्चुअल पेमेन्ट एड्रेस’ मार्फत सुरक्षित रूपमा रकम प्राप्त गर्न र पठाउन सक्नेछन्। ग्राहकहरूले एनएमबिको मोबाइल बैंकिङ एप, वेबसाइट वा बैंकको जुनसुकै शाखामा गएर यो सेवा प्रयोग गर्न सक्नेछन्।
जेठ २६, २०८३ मंगलबार १०:१७:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।