चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम सुरू

चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम सुरू

चितवन : कजारिया रमेश टायल्स लिमिटेडले बागमती प्रदेशमा आफ्नो व्यावसायिक पहुँच विस्तार गर्दै चितवनको रत्ननगरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।

रत्ननगर-१० मा रहेको चितवन हार्डवेयर एण्ड सेनेटरीको व्यवस्थापनमा यो शोरुम सञ्चालनमा आएको हो।

जेठ २४ गते आयोजित एक समारोहका बीच कजारियाका कन्ट्री म्यानेजर अभ्यास तिवारी र मिस नेपाल इन्टरनेशनल उरुषा भण्डारीले संयुक्त रूपमा शोरुमको उद्घाटन गरे।

नयाँ शोरुममा स्थानीय उपभोक्ता तथा डिजाइनर्सका लागि कजारियाका आधुनिक डिजाइनका भुइँ र भित्तामा प्रयोग गरिने टायल्सको विस्तृत सङ्ग्रह उपलब्ध गराइएको छ।

कम्पनीका अनुसार हाल नेपालभर कजारियाका १०० भन्दा बढी शोरुमहरू सञ्चालनमा रहेका छन्।

जेठ २६, २०८३ मंगलबार १०:०३:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।