प्रभु बैंकद्वारा अन्नपूर्ण माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

प्रभु बैंकद्वारा अन्नपूर्ण माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

काठमाडौं : प्रभु बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अन्नपूर्ण माध्यमिक विद्यालयलाई एक थान स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ। 

बैंकको गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा उक्त आधुनिक शिक्षण सामग्री विद्यालयलाई प्रदान गरिएको हो।

शिक्षा क्षेत्रमा प्रविधिको पहुँच विस्तार गर्दै विद्यार्थीहरूलाई आधुनिक तथा गुणस्तरीय शिक्षासँग जोड्ने उद्देश्यका साथ स्मार्ट बोर्ड सहयोग गरिएको बैंकले जनाएको छ। यस प्रविधिमैत्री सहयोगबाट विद्यालयको डिजिटल शिक्षण सिकाइ प्रक्रिया थप प्रभावकारी, अन्तरक्रियात्मक र नवप्रवर्तनकारी बन्ने अपेक्षा गरिएको छ।

हाल विश्व तीव्र गतिमा डिजिटल रूपान्तरणतर्फ अघि बढिरहेको अवस्थामा विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग परिचित गराई भविष्यका लागि सक्षम, दक्ष र प्रतिस्पर्धी नागरिक तयार पार्न यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास बैंकले व्यक्त गरेको छ।

प्रभु बैंकले शिक्षा, नवप्रवर्तन तथा समुदाय विकासलाई विशेष प्राथमिकतामा राख्दै सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। विद्यालयमा गरिएको यो स्मार्ट बोर्ड हस्तान्तरणले गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्न र समाजमा रहेको डिजिटल विभाजनलाई न्यूनीकरण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

जेठ २५, २०८३ सोमबार १८:४३:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।