२० अंकले घट्यो नेप्से, ४ अर्ब ८ करोडको कारोबार

२० अंकले घट्यो नेप्से, ४ अर्ब ८ करोडको कारोबार

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २०.२७ अङ्कले घटेर २७३५ विन्दुमा सीमित भएको छ।

कारोबार रकम पनि घटेको छ। आज चार अर्ब आठ करोडको कारोबार भयो। शुक्रबार पाँच अर्ब ६२ करोडको  कारोबार भएको थियो।

४३ कम्पनिको सेयर मूल्य घट्दा २२१ को बढ्यो भने छको स्थिर रह्यो।

आज फाइनान्स बाहेक सबै समूहका उपसूचक घटेका छन्। फाइनान्स ०.२६ प्रतिशतले बढ्यो।
व्यापार १.७७, अन्य १.५०, निर्जीवन बीमा ०.८३, माइक्रोफाइनान्स ०.५२, उत्पादन तथा प्रशोधन ०.४४, जीवन बीमा ०.५४, लगानी ०.३८, हाइड्रोपावर ०.९५, होटल तथा पर्यटन ०.७१, विकास बैंक १.०३ तथा बैंकिङ ०.४५ प्रतिशत घटे ।

कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो। त्यस्तै क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको १३. ११  प्रतिशत बढ्यो। 

आज धेरै कारोबार भएकामा कम्पनीमा सेन्ट्रल फाइनान्स, आँखुखोला जलविद्युत्, सिटी होटल, रिलायन्स स्पिनिङ मिल्स र नेसनल हाइड्रोपावर छन्। 

जेठ २५, २०८३ सोमबार १५:२३:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।