लगातार चौथो दिन पनि घट्यो सुनको मूल्य, चाँदी भने महंगियो

लगातार चौथो दिन पनि घट्यो सुनको मूल्य, चाँदी भने महंगियो

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। 

गत बिहीबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्य आज पनि घटेको हो। आइतबारको तुलनामा आज सुनको मूल्य प्रतितोला नौ सय रूपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। 

आइतबार सुन प्रतितोला तीन लाख आठ रूपैयाँमामा कारोबार भएको थियो। 

यस्तै, सोमबार चाँदीको मूल्य भने बढेको छ। चाँदी तोलामा १० रुपैयाँले बढेर चार हजार नौ सय पाँच रूपैयाँमा किनबेच भइरहेको छ। आइतबार चाँदी प्रतितोला चार हजार आठ सय ९५ रूपैयाँमा कारोबार भएको थियो।

जेठ २५, २०८३ सोमबार ११:२८:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।