एसियन गेम्सको छनोट : फाइनलमा आज नेपाल र हङकङ भिड्दै
काठमाडौं : एसियन गेम्स पुरुष टी-२० छनोटको फाइनल खेल आज हुँदैछ।
सिङ्गापुरमा जारी प्रतियोगिताको उपाधिका लागि आज नेपाल र हङकङ भिड्दैछन्। खेल नेपाली समय अनुसार मध्यान्ह सवा १२ बजे सुरु हुनेछ।
आइतबार भएको सेमिफाइनल खेलमा ओमानलाई ८ विकेटले पराजित गर्दै नेपालले फाइनलको यात्रा तय गरेको हो भने हङकङले मलेसियालाई ६ विकेटले हराउँदै नेपालसँगको भेट पक्का गरेको हो।
नेपाल र हङकङबीच हालसम्म भएका १२ टी-२० अन्तर्राष्ट्रिय खेलमध्ये २ खेल नतिजाविहीन भएका छन् भने बाँकी खेलमा दुवै टोलीले समान ५-५ खेल जितेका छन्।
जेठ २५, २०८३ सोमबार ०७:४२:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।