एनसेलका ग्राहकलाई अल्टिमाका ग्याजेट खरिदमा ६० प्रतिशतसम्म छुट

एनसेलका ग्राहकलाई अल्टिमाका ग्याजेट खरिदमा ६० प्रतिशतसम्म छुट

काठमाडौं : एनसेलका ग्राहकहरूले अल्टिमा लाइफस्टाइलका विभिन्न ग्याजेटहरूको खरिदमा ६० प्रतिशतसम्म विशेष छुट पाउने भएका छन्। 

एनसेल र अल्टिमा लाइफस्टाइलबीच भएको व्यावसायिक साझेदारी अन्तर्गत ग्राहकहरूका लागि यो अफर सार्वजनिक गरिएको हो।

यो सम्झौतामा एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपांग दत्ता र अल्टिमा लाइफस्टाइलका प्रमुख कार्यकारी अधिकृत अमित अग्रवालले हस्ताक्षर गरेका छन्।

यो छुट योजनाको लाभ लिनका लागि एनसेलका प्रिपेड ग्राहकको ९९ रुपैयाँ वा सोभन्दा माथिको भ्वाइस, डेटा वा कम्बो प्याक सक्रिय हुनुपर्नेछ भने पोस्टपेड ग्राहकको रेन्टल प्लान एक्टिभ हुनुपर्नेछ। 

यदि कोही ग्राहक यो योजनाका लागि योग्य छैनन् भने उनीहरूले तुरुन्तै ९९ वा सोभन्दा माथिको कुनै पनि प्याक खरिद गरेर यो छुटको फाइदा लिन सक्नेछन्। आफ्नो प्याक वा रेन्टल प्लान सक्रिय रहेको अवधिभर ग्राहकले यो छुट पटक-पटक प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ।

यो योजनाको लाभ उठाउन ग्राहकहरूले आफ्नो मोबाइलमा रहेको एनसेल एप खोलेर 'पार्टनर्ड सर्भिसेस'मा गई 'अल्टिमा लाइफस्टाइल' छान्नुपर्नेछ। प्रयोगकर्ताको नाममा दर्ता भएको मोबाइल नम्बर मार्फत स्वतः योग्यता जाँच हुन्छ र ग्राहकले छुट सहितको तिर्नुपर्ने मूल्य एनसेल एपमै देखिनेछ।

यस योजना अन्तर्गत ग्राहकहरूले अल्टिमाका साउन्ड बार, स्पिकर, वायरलेस एअर बड, स्मार्टवाच र पावर ब्याङ्क लगायतका ग्याजेटहरू आकर्षक छुटमा खरिद गर्न सक्नेछन्। यसरी खरिद गरिएका सामानहरू अल्टिमा लाइफस्टाइलले नेपालभर डेलिभरी गर्ने व्यवस्था मिलाएको छ।

सहकार्यबारे बोल्दै एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले अल्टिमासँगको साझेदारीले ग्राहकहरूको डिजिटल जीवनशैलीलाई अझ समृद्ध बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

जेठ २४, २०८३ आइतबार १७:४२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।