एकैदिन तोलामा ८२ सय रूपैयाँ घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो
काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ।
शुक्रबारको तुलनामा आज सुन प्रतितोला आठ हजार दुई सय र चाँदी तीन सय ३५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला तीन लाख आठ हजार कायम भएको छ। शुक्रबार सुन तोलामा तीन लाख नौ हजारमा कारोबार भएको थियो।
यस्तै, आइतबार चाँदी तोलामा तीन सय ३५ रुपैयाँले घटेर चार हजार आठ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी पाँच हजार दुई सय ३० रुपैयाँमा किनबेच भएको थियो।
जेठ २४, २०८३ आइतबार ११:०३:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।