एनआईसी एसिया बैंकका ग्राहकले बिना कुनै डाउनपेमेन्ट शून्य ब्याजदरमा अनर मोबाइल किन्न पाउने

एनआईसी एसिया बैंकका ग्राहकले बिना कुनै डाउनपेमेन्ट शून्य ब्याजदरमा अनर मोबाइल किन्न पाउने

काठमाडौं : एन आई सी एशिया बैंक र नेपालका लागि अनर मोबाइलको आधिकारिक बिक्रेता इफिक्स नेपालबीच ग्राहकलाई किस्ताबन्दीमा स्मार्टफोन उपलब्ध गराउने सम्झौता भएको छ।

सम्झौता अनुसार बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले बिना कुनै प्रारम्भिक भुक्तानी (डाउनपेमेन्ट) शून्य प्रतिशत ब्याजदरमा अनर ब्रान्डका स्मार्टफोन खरिद गर्न सक्नेछन्।

ग्राहकले इफिक्सको वेबसाइटमार्फत मोबाइल खरिद गरी अधिकतम १२ महिनासम्मको भुक्तानी अवधि पाउनेछन्। यो प्रक्रियालाई बैंकको अनलाइन पोर्टल प्रयोग गरी सहजै मासिक किस्ताबन्दीमा रूपान्तरण गर्न सकिनेछ।

यसैगरी, विदेशमा रहेका नेपालीले समेत बैंकको अनलाइन प्रणालीमार्फत भुक्तानी गरी नेपालमा रहेका आफ्ना परिवारलाई स्मार्टफोन उपहार पठाउन सक्नेछन्।

यसका लागि अन्तर्राष्ट्रिय बैंकहरूले जारी गरेका भिसा वा मास्टरकार्ड प्रयोग गर्न सकिने बैंकले जनाएको छ। सम्झौता पत्रमा बैंकका तर्फबाट नरेन्द्र मैनाली र इफिक्सका तर्फबाट अश्विन गोपाल शर्माले हस्ताक्षर गरेका छन्।

जेठ २३, २०८३ शनिबार ०९:५५:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।