हिमालय एअरलाइन्सद्वारा काठमाडौं-शेन्जेन सिधा उडान सुरु

हिमालय एअरलाइन्सद्वारा काठमाडौं-शेन्जेन सिधा उडान सुरु

काठमाडौं : निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्सले काठमाडौं र चीनको शेन्जेन सहरबीच सिधा हवाई सेवा सुरु गरेको छ।

कम्पनीले सन् २०२६ जुन ४ देखि नेपालको नागरिक उड्डयन इतिहासमै पहिलो पटक यी दुई सहरबीच सिधा उडान आरम्भ गरेको हो।

हिमालय एअरलाइन्सले काठमाडौं र चीनको 'सिलिकन भ्याली' मानिने शेन्जेनबीच हप्तामा दुई वटा सिधा उडान सञ्चालन गर्नेछ।

जसअनुसार काठमाडौंबाट प्रत्येक मङ्गलबार र बिहीबार उडान हुनेछ भने शेन्जेनबाट काठमाडौंका लागि फर्कने उडान प्रत्येक बुधबार र शुक्रबार हुनेछ।

जुन ४ को राति ९:५९ बजे ९८ जना यात्रु लिएर काठमाडौंबाट उडेको पहिलो उडान जुन ५ को बिहान ४:१७ बजे (चिनियाँ समय) शेन्जेन अवतरण भएको थियो।

सोही दिन फर्किँदा उक्त विमान १५७ यात्रुसहित बिहान ८:२६ बजे काठमाडौं आइपुगेको थियो।

यो नयाँ हवाई सम्पर्कले नेपाल र चीनबीचको व्यापार, पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

जेठ २३, २०८३ शनिबार ०९:५२:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।