विश्व वातावरण दिवसको अवसरमा कुमारी बैंकद्वारा इलाममा वृक्षारोपण

विश्व वातावरण दिवसको अवसरमा कुमारी बैंकद्वारा इलाममा वृक्षारोपण

इलाम:  विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी बैंक लिमिटेडले इलाम जिल्लामा ३०० वटा बिरुवा रोपेको छ।

बैंकको फिक्कल शाखाले इलाम नगरपालिका र लुम्बिनी विश्व शान्ति मञ्चसँगको सहकार्यमा इलाम नगरपालिकाको स्वामित्वमा रहेको चियाबगान क्षेत्रभित्र वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो।

यस कार्यक्रमले वातावरणीय सुधार, जैविक विविधताको संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण र इलामको दिगो पर्यटन विकासमा सकारात्मक योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।

विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर रहेका २८६ शाखा सञ्जाल तथा ४१ एक्सटेन्सन काउन्टरहरू मार्फत ‘समुदायका लागि कुमारी बैंक’ भन्ने अवधारणाअन्तर्गत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

यसअन्तर्गत बैंकले विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण, विद्यालयको पूर्वाधार विकासमा सहयोग, सरसफाइ सामग्री वितरण तथा वित्तीय साक्षरता जस्ता कार्यक्रमहरू गर्दै आएको छ र आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

जेठ २२, २०८३ शुक्रबार १२:०९:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।