दराजले घोषणा गर्यो सपिङ फेस्ट, ७५ प्रतिशतसम्म छुट र उपहार
काठमाडौं : अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत '६.६ मिड इयर सपिङ फेस्ट' घोषणा गरेको छ।
आगामी जुन ५ देखि सुरु भई जुन १० गतेसम्म सञ्चालन हुने यस सपिङ फेस्टमा विभिन्न क्याटगोरीका उत्पादनहरूमा ७५ प्रतिशतसम्मको छुट दिइने दराजले जनाएको छ।
सपिङ फेस्टको मुख्य आकर्षणका रूपमा १ लाख ६५ हजार रुपैयाँ बराबरको ६५ इन्चको 'हाइसेन्स क्यूलेड टिभी' एक जनालाई मेगा गिभअवे अन्तर्गत प्रदान गरिनेछ। यसका लागि कम्तीमा १० हजार रुपैयाँ बराबरको खरिद गरी दराजमा उपलब्ध जुनसुकै माध्यमबाट भुक्तानी गरेको हुनुपर्ने प्रावधान राखिएको छ।
खरिदमा थप सहुलियत दिन दराजले नबिल बैंकसँग सहकार्य गरेको छ। जसअनुसार नबिल बैंकको क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशत (अधिकतम ७५० रुपैयाँ) र डेबिट कार्डमार्फत १० प्रतिशत (अधिकतम ५०० रुपैयाँ) सम्म छुट प्राप्त हुने छ।
यसैगरी ई-सेवा, खल्ती र आईएमई पे प्रयोगकर्ताले 'ब्रान्ड रस आवर'मा १२ प्रतिशत र अन्य समयमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ। सपिङ फेस्ट अवधिभर विभिन्न ब्रान्डहरूमा विशेष छुटको व्यवस्था गरिएको छ। भ्यासेलिन र होमनास जस्ता प्लेटिनम ब्रान्डमा १५ प्रतिशत, गोल्ड ब्रान्डहरूमा ७० प्रतिशत र सिल्भर ब्रान्डहरूमा ६५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।
साथै, 'बाई एन्ड विन' योजना अन्तर्गत ५ हजार रुपैयाँभन्दा बढीको खरिद गर्नेमध्येबाट विजेताले ५३ हजार ९ सय ६० रुपैयाँ बराबरको ट्रेडमिल, स्मार्ट वाइन डिस्पेंसर र अन्य उत्पादनहरू जित्ने अवसर पाउनेछन्। दराजले निःशुल्क होम डेलिभरी र विशेष भौचरहरूको सुविधा समेत दिने जनाएको छ।
जेठ २१, २०८३ बिहीबार २०:०२:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।