विश्वकप लक्षित गर्दै टीसीएलले सार्वजनिक गर्यो नयाँ अफर

विश्वकप लक्षित गर्दै टीसीएलले सार्वजनिक गर्यो नयाँ अफर

काठमाडौं : विश्वकप फुटबललाई लक्षित गर्दै इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले 'आर यू रेडी फर ग्रेटनेस' अभियान सार्वजनिक गरेको छ। 

नेपालका लागि टीसीएलको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले बिहीबार एक विज्ञप्ति जारी गरेर उक्त अभियानबारे जानकारी दिएको हो।

अभियानअन्तर्गत टीसीएलका टेलिभिजन खरिदमा २ लाख रुपैयाँसम्मको नगद छुट दिने कम्पनीले जनाएको छ।  त्यसैगरी, साविकको वारेन्टीमा थप सुविधा दिँदै कुल ४ वर्ष (२+२ वर्ष) को विशेष वारेन्टी उपलब्ध गराइने विज्ञप्तिमा उल्लेख छ। 

कम्पनीले नागरिकताको आधारमा सहज किस्ताबन्दी सुविधा समेत प्रदान गरिने जनाएको। यो योजना आगामी जेठ २१ गतेदेखि सुरु भई साउन ३ गतेसम्म नेपालभरका आधिकारिक शोरुम तथा विक्रेताहरूमार्फत लागू हुने जनाएको छ।

जेठ २१, २०८३ बिहीबार १९:५२:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।