१३ अंक घट्यो नेप्से, ४ अर्ब ७० करोडको कारोबार

१३ अंक घट्यो नेप्से, ४ अर्ब ७० करोडको कारोबार

काठमाडौं : बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १३.४६ अंकले घटेर २७६६ अंकमा कायम भएको छ। 

नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ। आज ४ अर्ब ७० करोडको कारोबार भयो। बुधबार ५ अर्ब ७३ करोडको कारोबार भएको थियो।

६३ कम्पनीको मूल्य बढ्दा १९८ को घट्यो भने आठको स्थिर रह्यो। 

आज म्युचुअल फन्डबाहेक सबै समूहका उपसूचक घटेका छन्। व्यापार सबैभन्दा धेरै १.७१ प्रतिशत घट्यो।

बैंकिङ ०.०३, विकास बैंक ०.४४, फाइनान्स ०.२३, होटल तथा पर्यटन १.०७, जलविद्युत् ०.५१, लगानी ०.४६, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.५३, माइक्रोफाइनान्स ०.१८, निर्जीवन बीमा १.२० तथा अन्य समूह ०.७५ प्रतिशत घटे।

कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशत बढ्यो।  

आज धेरै कारोबार भएका कम्पनिमा एभरेस्ट बैंक डिबेन्चर ८६, आँखुखोला जलविद्युत्, सेन्ट्रल फाइनान्स, नेपाल पुनर्बीमा र सप्तकोशी डेभलपमेन्ट बैंक छन्।

जेठ २१, २०८३ बिहीबार १५:३०:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।