एसियन गेम्स क्वालिफायरमा नेपालविरुद्ध मलेसियाले टस जित्यो

एसियन गेम्स क्वालिफायरमा नेपालविरुद्ध मलेसियाले टस जित्यो

काठमाडौं : सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट क्वालिफायरको समूह ‘ए’को अन्तिम खेलमा नेपालले मलेसियाविरुद्ध पहिले ब्याटिङ सुरू गरेको छ।

सिङ्गापुर नेशनल क्रिकेट ग्राउन्डमा मलेसियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो।

यसअघि नै समूह चरणबाट सेमिफाइनलमा प्रवेश गरिसकेका दुवै टोलीले आगामी एसियन गेम्सका लागि आफ्नो स्थान सुरक्षित गरिसकेका छन्।

समूहको पहिलो खेलमा नेपालले चीनलाई २ सय २१ रनको विशाल अन्तरले पराजित गरेको थियो भने मलेसियाले पनि चीनमाथि जित दर्ता गरेको थियो।

आजको खेलले समूह ‘ए’ को विजेता र उपविजेताको टुङ्गो लगाउनेछ। हाल नेट रनरेटका आधारमा नेपाल समूहको शीर्ष स्थानमा छ। नेपालको रनरेट ११.०५० रहेको छ भने दोस्रो स्थानमा रहेको मलेसियाको रनरेट ६.६५१ छ।

मलेसियाविरुद्ध नेपालको ऐतिहासिक टी-२० आई प्रदर्शन निकै बलियो छ। यी दुई टोलीबीच भएका पछिल्ला पाँच भेटमा सबै खेल नेपालले जितेको छ। आजको खेलको अम्पायरिङ हङकङका जोन प्रकाश र थाइल्यान्डका समद अकबरले गरिरहेका छन्।

जेठ २१, २०८३ बिहीबार १२:१७:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।