सुपर तमोर जलविद्युतका लागि १९ अर्ब लगानी गर्ने सम्झौता, ग्लोबल आइएमई बैंकको अगुवाइ
काठमाडौं : ताप्लेजुङको तमोर नदीमा निर्माण हुने १६६ मेगावाट क्षमताको ‘सुपर तमोर जलविद्युत आयोजना’ का लागि वित्तीय व्यवस्थापन (ऋण लगानी) सम्बन्धी द्विपक्षीय सम्झौता भएको छ।
आयोजनाको प्रवर्द्धक कम्पनी क्रिष्टल पावर डेभलपमेण्ट प्रा.लि. र लगानीकर्ता बैंकहरूबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो।
कूल २५ अर्ब रुपैयाँ अनुमानित लागत रहेको यस आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइमा बनेको ६ वटा बैंकहरूको कन्सोर्टियमले ७५ प्रतिशत अर्थात् १९ अर्ब रुपैयाँ ऋण लगानी गर्नेछन्।
बाँकी २५ प्रतिशत रकम संस्थापक तथा अन्य लगानीकर्ताहरूबाट जुटाइनेछ।
सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले ५ अर्ब, सिद्धार्थ बैंक र लक्ष्मी सनराइज बैंकले ४/४ अर्ब, प्रभु बैंकले ३ अर्ब ५० करोड, कृषि विकास बैंकले १ अर्ब ५० करोड र नेपाल एसबिआई बैंकले १ अर्ब रुपैयाँ लगानी गर्नेछन्।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा निर्माण हुने यो आयोजना निर्माण सुरु भएको ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
जेठ २१, २०८३ बिहीबार ११:२०:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।