सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ

काठमाडौं : नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। 

बुधबारको तुलनामा आज सुन तोलामा दुई सय र चाँदी ८५ रुपैयाँले घटेको हो। 

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार एक सय कायम भएको छ। 

बुधबार सुन प्रतितोला तीन लाख ११ हजार तीन सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदी प्रतितोला पाँच हजार दुई सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ। बुधबार चाँदी पाँच हजार तीन सय ७० मा खरिदबिक्री भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार चार सय ६१ र चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

जेठ २१, २०८३ बिहीबार ११:१८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।