सूर्यज्योति लाइफद्वारा ‘ईकर्जा-झ्याप्पै’ अभियान सार्वजनिक
काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्सले नेपालमै पहिलो पटक पूर्ण रूपमा डिजिटल माध्यमबाट बीमा धितोमा ऋण प्रवाह गर्ने उद्देश्यसहित ‘ईकर्जा- झ्याप्पै क्याम्पेन’ शुभारम्भ गरेको छ ।
यस अभियानमार्फत योग्य बीमितहरूले अनलाइन प्रक्रियाबाट घरमै बसेर अधिकतम २ लाख रुपैयाँसम्मको तत्काल ऋण प्राप्त गर्न सक्नेछन्। यो प्रक्रिया पूर्ण रूपमा डिजिटल भएकाले यसका लागि कुनै कागजी प्रक्रिया वा थप दस्तावेज आवश्यक पर्ने छैन।
साथै, ऋण आवेदन गर्दा लाग्ने ५० रुपैयाँ सेवा शुल्कमा ग्राहकहरूले शतप्रतिशत क्यासब्याक सुविधासमेत पाउने कम्पनीले जनाएको छ।
योग्य बीमितहरूले आफ्नो ऋण योग्यता सूर्यज्योति मोबाइल एप मार्फत सहजै जाँच गर्न सक्नेछन्। त्यसपछि ग्राहकहरूले खल्ती एपभित्र रहेको ‘इन्स्योरेन्स लोन’ सेक्सनमार्फत आफ्नो बीमालेख नम्बर राखी तुरुन्तै कर्जा रकम प्राप्त गर्न सक्नेछन्।
यस नविनतम डिजिटल सेवाले बीमितहरूलाई सुरक्षित र सहज रूपमा छिटो वित्तीय पहुँच पुर्याउने कम्पनीको विश्वास छ।
जेठ २१, २०८३ बिहीबार ११:१५:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।