नेपाली बजारमा नयाँ पुस्ताको विद्युतीय एसयूभी ल्याउने तयारीमा जीडब्लुएम

नेपाली बजारमा नयाँ पुस्ताको विद्युतीय एसयूभी ल्याउने तयारीमा जीडब्लुएम

काठमाडौं : विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्ड जीडब्लुएमले नेपाली बजारमा नयाँ पुस्ताको अत्याधुनिक विद्युतीय एसयूभी सार्वजनिक गर्ने तयारी गरेको छ।

विश्वका १७० भन्दा बढी देशहरूमा उपस्थिति जनाएको कम्पनीले नेपाली बजारका लागि प्रविधिमैत्री र सुरक्षित यात्रा सुनिश्चित गर्ने नयाँ मोडल ल्याउन लागेको हो।

प्रारम्भिक विवरणअनुसार यो नयाँ विद्युतीय एसयूभी ले एक पटकको फुल चार्जमा करिब ५२० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्ने अपेक्षा गरिएको छ।

यसमा ‘कफी ओएस ३.० एआई सिस्टम’द्वारा सञ्चालित स्मार्ट ककपिट, ३६० डिग्री सराउन्ड भ्यू क्यामरा, १८० डिग्री ट्रान्सपरेन्ट च्यासिस भ्यू र २० भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सुविधाहरू रहनेछन्।

सुरक्षाका लागि यसमा ७ वटा एयरब्याग, फाइभ-लेभल ब्याट्री सेफ्टी सिस्टम र दुर्घटना न्यूनीकरणमा सघाउने एईबी तथा एमईबी प्रविधि समावेश गरिएको छ।

यस गाडीको अर्को मुख्य विशेषता यसमा प्रयोग गरिएको बहु-तह सुरक्षात्मक कोटिङ प्रविधि हो, जसले सानातिना स्क्र्याचहरूलाई सूर्यको तापबाट आफैँ पूर्ववत् अवस्थामा फर्काउन सहयोग गर्दछ।

कम्पनीले यस गाडीको औपचारिक घोषणा र थप विवरण निकट भविष्यमै सार्वजनिक गर्ने जनाएको छ।

जेठ २१, २०८३ बिहीबार ११:०७:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।