डिशहोमको विश्वकप अफर सार्वजनिक, सिजन पास खरिदमा ३ महिनाको सेवा निःशुल्क
काठमाडौं : टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोमले आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ।
यस योजनाअनुसार डिशहोमका डिटिएच कम्बो तथा आइपिटिभी कम्बो सेवाका ग्राहकहरूले आफ्नो ६ वा १२ महिनाको प्याकेज रिचार्ज गरी रु. ९९९ मा ‘फिफा विश्वकप २०२६ सिजन पास’ खरिद गर्दा थप ३ महिनाको सदस्यता निःशुल्क प्राप्त गर्नेछन्।
यो योजना २०२६ जुन १ देखि जुलाई २१ सम्म लागू रहने कम्पनीले जनाएको छ। विश्वकपका सम्पूर्ण १०४ खेलहरू ‘हिमालय स्पोर्ट्स’ च्यानलमार्फत प्रत्यक्ष प्रसारण हुनेछन्।
ग्राहकहरूले डिशहोमका विभिन्न सेवा प्लेटफर्महरू- डिटिएच, आइपिटिभि, डिगो, केबल टिभी तथा टिटु टिभीमार्फत खेलहरू प्रत्यक्ष हेर्न सक्नेछन्।
इच्छुक ग्राहकहरूले नजिकैको डिशहोम डिलर, आधिकारिक वेबसाइट वा ग्राहक सेवा केन्द्र (०१-५९७०३६५) मा सम्पर्क गरी सिजन पास खरिद गर्न सक्नेछन्।
जेठ २१, २०८३ बिहीबार ११:०२:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।