झिनो अंकले बढ्यो नेप्से, ५ अर्ब ७३ करोडको कारोबार

झिनो अंकले बढ्यो नेप्से, ५ अर्ब ७३ करोडको कारोबार

काठमाडौं : बुधबार सेयर बजार बढेको छ। मंगलबार २२.२१ अंक बढेको सेयर बजार आज २.६६ अंकले बढेर २७८० विन्दुमा कायम भएको छ। आज बजार दिनभर नै सामान्य उतारचढावमा रह्यो।

कारोबार रकम बढेको छ। आज ५ अर्ब ७३ करोडको भयो। अघिल्लो दिन ५ अर्ब २६ करोडको कारोबार भएको थियो। 

१४८ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने छको स्थिर रह्यो। 

आज निर्जीवन बीमा सबैभन्दा धेरै ३.३७ प्रतिशत बढ्यो। जीवन बीमा १.७३, उत्पादन तथा प्रशोधन ०.४२, माइक्रोफाइनान्स ०.४५, होटल तथा पर्यटन ०.१८ तथा विकास बैंक ०.६६ प्रतिशत बढे। 

अन्य समूह सबैभन्दा धेरै २.३६ प्रतिशत घट्यो। त्यस्तै व्यापार ०.२४, लगानी ०.२०, जलविद्युत् ०.११, फाइनान्स १.१६ तथा बैंकिङ ०.१३ प्रतिशत घटे।

कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशत बढ्यो। त्यस्तै एसबीएल डिबेन्चर (२०८४) को मूल्य १४.९३ प्रतिशत बढ्यो।

आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, नेपाल पुनर्बीमा, रिडी पावर, नेपाल इन्स्योरेन्स र नेसनल हाइड्रोपावर छन्।

जेठ २०, २०८३ बुधबार १५:३२:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।