बुधबार २० जेठ, २०८३
बुधबार सुनको मूल्य स्थिर, चाँदी भने घट्यो
काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तीन लाख ११ हजार तीन सय रूपैयाँमा किनबेच भएको सुन आजपनि सोही मूल्यमा कारोबार भइरहेको छ।
यस्तै, बुधबार चाँदीको मूल्य भने घटेको छ। मंगलबारको तुलनामा चाँदी प्रतितोला ३५ रूपैयाँले घटेर पाँच हजार तीन सय ७० रूपैयाँमा किनबेच भइरहेको छ।
मंगलबार प्रतितोला पाँच हजार चार सय पाँच रूपैयाँमा कारोबार भएको थियो
जेठ २०, २०८३ बुधबार ११:२४:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।